काठमाडौँमा स्वतन्त्र उम्मेदवार बालेन साह ३ हजार १३० मतले अगाडि
4 वर्ष पहिले प्रकाशित
जेठ २ गते । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखिरहेका छन्। बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग ३ हजार १३० मतको अग्रता कायम गरेका हुन्।
ताजा चुनावी परिणाम अनुसार बालेनले ६ हजार ६ सय ९२ मत पाउँदा स्थापितले ३ हजार ५ सय ६२ मत पाएका छन्।यसैगरी, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार १ सय २६ मत प्राप्त गरेकी छन्।
स्थापित र सिंहबीच ४३६ मतको अन्तर रहेको छ।यो नतिजा १, २, ३, ४, ५, ६, ३१ र ३२ वडाको हो।
कमेन्ट गर्नुहोस्
view comments