काठमाण्डौ महानगर : बालेनलाई २ हजार २ सय ३८ मत, स्थापित एक हजार मतले पछाडि
4 वर्ष पहिले प्रकाशित
जेठ १ गते ।काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउनुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार उहाँले एक हजारभन्दा धेरै मतले अग्रता बनाउनु भएको छ । शाहले दुई हजार दुई सय ३८ मत ल्याउनु भएको छ भने एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले एक हजार दुई सय १९ मत ल्याउनु भएको छ ।
यस्तै, गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले एक हजार ८१ मत प्राप्त गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्
view comments