स्थगित भएको जुम्लाको गर्ज्याकोटमा आज मतदान भइरहेको
4 वर्ष पहिले प्रकाशित
जेठ १ गते । झडप हुँदा वैशाख ३० गते स्थगित भएको जुम्लाको गर्ज्याकोटमा आज मतदान भइरहेको छ ।
शङ्कर माध्यमिक विद्यालयमा भइरहेको मतदानमा अहिलेसम्म १ सय ८८ मत खसेको निर्वाचन अधिकृत तुलराज चौलागाईँले जानकारी दिनुभयो ।
मतदान सहज गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको छ । एक हजार ७ जना मतदाता भएको केन्द्रमा ३२० मत खसिसकेको थियो । तर चुनाव स्थगित भएपछि पुनः सबै प्रक्रिया सुरु भएको हो ।
कमेन्ट गर्नुहोस्
view comments