सत्तारूढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप
4 वर्ष पहिले प्रकाशित
वैशाख २७ गते ।सत्तारूढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच प्युठानमा झडप भएको छ ।
प्युठानको नौबहिनी गाउँपालिका वडा नं-८ फोप्लीमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई कार्यकर्ता घाइते भएका छन्।
झडपमा एमालेका कार्यकर्ता विष्णु गुरुङ र पुठबहादु पुन घाइते भएको प्रहरीले जानकारी दिएको छ।
भोट माग्न हिँड्ने क्रममा सोमबार विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताएका छन्।
घाइतेहरूको हाल बिजुवारस्थित प्युठान अस्पतालमा उपचार भइरहेको छ।
नौबहिनी गाउँपालिकाको अध्यक्षमा गठबन्धनाको तर्फबाट नेपाली कांग्रेसका शिवराज रिजाल र नेकपा एमालेबाट डिलबहादुर थापा उम्मेदवार छन्।
कमेन्ट गर्नुहोस्
view comments