चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

२०७९ वैशाख १८ गते ।चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

बाघको आक्रमणबाट कुमरोज सामुदायिक वनमा बिहान ८ बजे घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका अन्दाजी ६५ वर्षीय नारायण दाहालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।

दाहाललाई बाघले आक्रमण गरेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित उहाँको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा शव भेटिएको उहाँले जानकारी दिनुभयो ।

यसअघि अस्ति चितवनमै बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी ९माहुते० रमेश चौधरी थारुको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?