अगामी बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

4 वर्ष पहिले प्रकाशित

वैशाख १६ गते । अगामी बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।निर्वाचन आयोगले अगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर लगातार चार दिन सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरिसकेको छ ।

चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ ।

सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा नै हुनेछ ।

यस्तै, २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।

यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न आउने २८ र २९ गते विद्यालयको उपयोग गर्नुपर्ने आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?