निर्वाचन आयोगले एउटै दलबाट दुईजनाको मनोनयन परेका २० उम्मेद्वारीको विवाद सल्टाए
4 वर्ष पहिले प्रकाशित
काठमाडौं ,वैशाख १४ गते । निर्वाचन आयोगले एउटै दलबाट दुईजनाको मनोनयन परेका करिब २० वटा उम्मेद्वारीको विवाद सल्टाएको छ ।
निर्वाचन आयोगको निर्देशनमा देशभरका निर्वाचन अधिकृतहरुले सम्बन्धित दलको आधिकारिक व्यक्तिमाथि सोधपुछ गरेर पत्रमार्फत आधिकारिक उम्मेद्वार खुलाउन लगाई विवाद समाधान गरेका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले तराई र कर्णाली प्रदेशमा यस्तो समस्या देखिएको र अहिले समाधान भइसकेको बताए ।
कमेन्ट गर्नुहोस्
view comments