आज १६ औँ लोकतन्त्र दिवस

4 वर्ष पहिले प्रकाशित

१६ औँ लोकतन्त्र दिवस आज मनाइँदै छ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२र६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भइ लोकतन्त्र स्थापना भएको थियो ।
सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । तर, देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको टिप्पणीहरू हुँदै आएको छ।

कतिपयले त सत्ता सञ्चालकबाटै लोकतन्त्र संस्थागत भन्दा पनि सङ्कटमा पार्ने प्रयास भइरहेको भन्दै चिन्ता प्रकट गर्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?