हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

4 वर्ष पहिले प्रकाशित

वैशाख ९ गते। हेटौंडा-९ मा निर्माणाधीन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ । बिहीवार राति अज्ञात व्यक्तिहरुले पार्कमा रहेका शालिक तोडफोड गरेका हुन् ।2 (1) 

आज (शुक्रबार) बिहान पार्कमा मर्निङ वाक गर्न आएका स्थानीयले शालिक फुटाएको अवस्थामा देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । समितिले प्रहरीलाई जानकारी गराएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीले घटनाको अनुगमन सहित अनुसन्धान थालेको हो । पार्कमा अन्य कुनै संरचनालाई क्षति नगरी मात्र मदन(आश्रितको मात्र शालिक तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए । उनले घटनामा संलग्नलाई कारवाहीको माग गरे ।

जीवराज आश्रितको शालिक पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाँचेर करिब ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ ।गत असार १४ गते वागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलले मदन-आश्रितको अर्धकदको शालिक अनावरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?