पाटन औद्योगिक क्षेत्र भित्रको सगरमाथा अक्सिजन प्लान्टमा बिस्फोट, एकजनाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

२०७९ वैशाख ८ गते । ललितपुरको लगनखेलमा रहेका पाटन औद्योगिक क्षेत्र भित्रको सगरमाथा अक्सिजन प्लान्टमा बिस्फोट भएको छ । बिस्फोटमा परेर एकजनाको मृत्यु भएको छ भने अरु सातजना घाइते भएको प्रहरीले जनाएको छ ।4 

महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । घाइतेको उपचार भइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?