मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु , एकजना घाइते

4 वर्ष पहिले प्रकाशित

२०७९ वैशाख ७ गते ।मकवानपुरमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । ज्यान जानेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जितबहादुर गोले रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते हुनुभएको छ । उहाँको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?