निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु
4 वर्ष पहिले प्रकाशित
२०७९ वैशाख ६ गते ।पाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ भइरहेको छ। अधिकारीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, राधेश्याम अधिकारी, शम्भु थापा र हरिहर दाहालले बहस गर्दैछन्। अहिले सुशील पन्तले बहस गरिरहेका छन्।आफूमाथि अवैध रुपमा सरकारले कारवाही प्रक्रिया सुरू गरेको भन्दै निलम्बित गभर्नर अधिकारी सर्वोच्च पुगेका हुन् ।
सरकारले अधिकारीमाथि अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा अध्ययन समिति बनाएको छ। त्यससँगै उनी निलम्बनमा परेका हुन्।सर्वोच्चमा दायर गरेको रिटमा अधिकारीले सरकारको निर्णय खारेज गरी आफूलाई काम गर्ने वातावरण मिलाउन अन्तरिम आदेशको माग गरेका छन्। आइतबार नै उनी रिट लिएर सर्वोच्च गएका थिए। रिट निवेदन अध्ययन गरेपछि सोमबार दर्ता गरेको थियो।
राष्ट्र बैंक ऐनमा गभर्नरलाई बर्खास्त गर्नुअघि अध्ययन समिति गठन गर्नु पर्ने व्यवस्था रहेको छ। हाल गठन गरिएको समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
कमेन्ट गर्नुहोस्
view comments