१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
4 वर्ष पहिले प्रकाशित
वैशाख ५ गते ।जबरजस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले १ युवकलाई पक्राउ गरेको छ । ती युवकमाथि १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
राइनास नगरपालिका- ६ वट २६ वर्षीय श्रीकृष्ण चिलुवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीले बताए ।
गत चैत ३० गते ती किशोरीलाई ललाइफकाई गरी गाउँभन्दा पर लगेर ती युवकले जबरजस्ती करणी गरेको पीडितले बताएको प्रहरीले जनाएको छ । पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले शनिबार बिहान पक्राउ गरेर ती युवकलाई जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।
स्रोतका अनुसार ती युवकले युवतीलाई खाजा खाना परसम्म जान आग्रह गरेपछि बजार क्षेत्रको एउटा होटलमा आएका थिए । घटनाको दिन साँझपख भीषण वर्षा भएपछि उनीहरु त्यहीँ रोकिएका थिए । भोलिपल्ट नयाँ बर्ष मनाउन पोखरातर्फ जाने सल्लाहबमोजिम किशोरीलाई सार्वजनिक बसमा पठाएको र आफू पछि निजी सवारीमा आउने आश्वासन दिएकोमा युवक नआएपछि किशोरी अलपत्र परेकी हुन् । ।
त्यसपछि आफन्तसँगको सम्पर्कमा पुगेका किशोरीले घटनाबारे भनेपछि परिवारले थाहा पाएका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी कृष्णबहादुर कार्कीले पक्राउ गरिएका युवकमाथि अनुसन्धान थालिएको बताए ।
‘घटनाबारे पीडित परिवारको उजुरी आयो । हामीले आरोपितलाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएका छौं,’ उनले भने । प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको बताएको छ । युवकलाई आइतबार लमजुङ जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments