पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान
4 वर्ष पहिले प्रकाशित
वैशाख १ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहीवार राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री खनाललाई पदक प्रदान गर्नुभएको हो । गएको ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण आज प्रदान गरिएको हो ।
संविधान दिवसका अवसरमा सरकारले नौ सय तीन जनालाई मान-पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments