सोलुखुम्बुमा एक जना ट्रेकिङ गाइड मृत फेला परे
4 वर्ष पहिले प्रकाशित
वैशाख १ गते । सोलुखुम्बुमा एक जना ट्रेकिङ गाइड मृत फेला परेका छन् ।
वेयून ट्रेकिङ कम्पनीबाट सगरमाथा क्षेत्र पुगेका माप्य दूधकोशी वाकुका अन्दाजी वर्ष ३६ का तिङमा तेन्जी शेर्पा ५९ सय मिटर उचाइमा मृत अवस्थामा भेटिनु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव उद्धारका लागि हेलिकप्टर पठाइएको प्रहरीले जनाएको छ ।
मृतक शेर्पाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइने प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
view comments