आइतबार राति विमानस्थलबाट पक्राउ परेकी महिला भन्छिन्- गोली लिएर हिँड्नु हुन्न भन्ने थाहै थिएन
4 वर्ष पहिले प्रकाशित
चैत २९ गते ।नेपाल प्रहरीले आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिलालाई पक्राउ गर्यो। प्रहरीले उनको साथबाट एक राउण्ड गोली फेला पारेपछि पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली रहेको प्रहरीले जनाएको छ। उनी नेपाल एयरलाइन्सको उडानद्वारा काडमाडौँबाट क्वालालम्पुर ९मलेसिया० हुँदै नारिता (जापान) जान लागेकी थिइन्। उनको साथमा रहेको हाते ब्याग चेकजाँच गर्दा गोली फेलापरेको विमानस्थल प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले बताए।
उनले बोकेको घ्यू रंगको लेडिज हाते ब्यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स( रे ‘ए’ मा चेकजाँच गर्ने क्रममा कालो रंगको वालेटभित्र केएफ १३ ५.५६ लेखिएको एक राउण्ड गोली राउण्ड फेला परेको हो।उनलाई विमानस्थल प्रहरीले सामान्य सोधपुछपछि थपअनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments