भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

चैत २९ गते ।भक्तपुरमा बिहान भएको मोटरसाइकल दुर्घटनामा एक बालिकाको ज्यान गएको छ । बालिकाका आमाबुबा घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका वडा नम्बर–९ नलिन्चोकमा वाग्मति प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिका लोसाङ डोल्मा तामाङको ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक काभ्रे पाँचखाल नगरपालिका–१ का २२ वर्षका बुद्ध तामाङ र मोटरसाइकलको पछाडि बस्ने तामाङकी श्रीमती सुस्मिता इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि डिस्चार्ज भएका छन् ।

गम्भीर घाइते छोरी लोसाङको उपचारका क्रममा न्युरो अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?