गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला पक्राउ

4 वर्ष पहिले प्रकाशित

चैत २५ गते ।नेपाल प्रहरीले एक राउन्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका ७ की २७ वर्षीया सोविता नेपाली छिन् ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई हिजो आइतवार राति पक्राउ गरिएको हो । नेपाल एअरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो ।

उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?