मित्रपार्कमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको उद्धार

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत २२ गते ।५० फिट गहिरो इनारभित्र खसेर बेहोस भएकी महिलाको उद्धार गरिएको छ।

सिन्धुपाल्चोक तातोपानी घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका९३ मित्र चोकस्थित हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने ४५ वर्षीया पेमा शेर्पाको ५० फिट गहिरो इनारबाट प्रहरीले सोमबार उद्धार गरेको हो।3 

शेर्पा घर मालिक श्रेष्ठको घर परिसरकै इनारमा खसेकी थिइन्। उनी बेपत्ता भएको खबर आएपछि खबरमा जुटेको प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले श्रेष्ठको घरमा रहेको इनारभित्र अचेत अवस्थामा उद्धार गरेको हो।

प्रहरी प्रधान कार्यालय विपद् ब्यवस्थापन महाशाखा सामाखुसीबाट पनि महिलाको उद्धारमा टोली पुगेको थियो। प्रहरी निरीक्षकको कमाण्डमा १० र बूढानीलकण्ठको ७ जनासहित १७ जनाको प्रहरीले उनलाई ५० फिट गहिरो इनारबाट सोमबार साँझ साढे ६ बजे उद्धार गरेको हो।

उद्धार गरिएकी उनलाई बूढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अहिले उनको अवस्था सामान्य हुँदै गएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?