रुपन्देहीको सीमा नाका बेलहिया आजदेखि ४८ घण्टाको लागाी बन्द
4 वर्ष पहिले प्रकाशित
२०७८फाल्गुन १७ गते । रुपन्देहीको सीमा नाका बेलहिया आजदेखि ४८ घण्टा बन्द हुँदैछ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार भारतको महाराजगञ्ज जिल्लासँग जोडिएका रुपन्देहीका बेलहिया लगायतका सीमा नाका आज बेलुका ६ बजेदेखि पर्सि बेलुका ६ बजेसम्म २ दिन बन्द हुन लागेको हो ।
भारतको उत्तर प्रदेशमा रहेको महाराजगञ्ज जिल्लामा पर्सि विधान सभाको चुनाव हुँदैछ । चुनावी सुरक्षालाई ध्यान दिँदै भारतीय पक्षको आग्रहमा सीमा नाका बन्द गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्
view comments