मोटरसाइकलसँग ठोक्किंदा हायश माइक्रो बसमा आगलागी, एकको मृत्यु, चार घाइते

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन १६ गते । दाङको तुलसीपुर उपमहानगरपालिका( १८ दुधरासमा मोटरसाइकलसँग ठोक्किंदा हायश माइक्रो बसमा आगो लागेको छ । आगलागीमा परी एक जनाको मृृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

घोराही(तुलसीपुर सडकखण्डमा पर्ने दुधरासस्थित सोनापुर मिनरल्स आयल्सको गेट नजिकै आइतबार राति करिब ९ बजे माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किएका थिए । त्यसपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार तुलसीपुर(१८ मोनिकापुरका २१ वर्षीय रेशम चौधरी रहेका छन् ।

त्यस्तै घाइते भएका मोटरसाइकल चालक तुलसीपुर(१८ का रमेश वली र हायस माइक्रोबस चालक २६ वर्षीय करण परियारलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?