एमसीसीको विरोधमा संसद् भवन अगाडि विरोध प्रदर्शन
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन १२ गते ।एमसीसीको विरोधमा संसद् भवन अगाडि विरोध प्रदर्शन हुने भएपछि माइती घर मण्डला–तीनकुने सडक खण्डमा गाडी डाइभर्सन गरिएको छ ।
दिउँसो १२ बजेदेखि यो रुटमा चल्ने गाडीलाई डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यसकै विरोधमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका भातृ सङ्गठनलगायतले आज पनि विरोध प्रदर्शन गर्दैछन् । उनीहरु सडकमा निस्कन थालिसकेका छन् । आज यो क्षेत्रको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सुरक्षाका लागि संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ ।
प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो । संसद् भवनको आसपासका क्षेत्रसँगै अमेरिकी दूतावासलगायत कुटनीतिज्ञ नियोग आसपासका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गएको आइतवार विरोध प्रदर्शनका कारण यो क्षेत्रमा लामो जाम भएको थियो भने झडपका क्रममा बाटो हिँड्ने बटुवा पनि समस्यामा परेका थिए ।
कमेन्ट गर्नुहोस्
view comments