दाङको पर्सेनी बजारको एक पसलमा आगलागी हुँदा करिब १८ लाख रुपैयाँ बराबरको क्षति

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन १२ गते । दाङको पर्सेनी बजारको एक पसलमा आगलागी हुँदा करिब १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आज बिहान तुलसीपुर उपमहानगरपालिका(७ पर्सेनीमा सुमित्रा वलीको रिमा किराना पसलमा आगलागी भएको इलाका प्रहारी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

पसल रहेको घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?