अनलाइनमार्फत जुवा खेलाइरहेको आरोपमा काठमाण्डौको मध्यबानेश्वरबाट ३७ जना पक्राउ

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन १० गते । अनलाइनमार्फत जुवा खेलाइरहेको आरोपमा काठमाण्डौको मध्यबानेश्वरबाट ३७ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामा केही चिनियाँ नागरिक पनि रहेका प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाण्डौको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान सुरु भएको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?