कञ्चनपुर जिल्लाको दोधारा चाँदनीअन्तर्गत नेपाल भारत सीमा क्षेत्रमा सयुक्त गस्ती

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन ८ गते । कञ्चनपुर जिल्लाको दोधारा(चाँदनीअन्तर्गत नेपाल भारत सीमा क्षेत्रमा सयुक्त गस्ती सुरु गरिएको छ। दोधारा(चाँदनी नगरपालिका( ७ कञ्चनभोजको नेपाल–भारत सीमा स्तम्भ नं १४ देखि १५ सम्म नेपाल–भारतका सुरक्षाकर्मीहरुले सयुक्त गस्ती सुरु गरेका हुन्।

दोधारा(चाँदनी नगरपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीहरुले सञ्चालन गरेको संयुक्त सीमा गस्ती प्रभावकारी बन्दै गएको त्यहाँका स्थानीयले बताएका छन्।

सीमा क्षेत्रमा चोरी, डकैती र आपराधिक क्रियाकलाप बढेपछि नेपाल भारत सीमा क्षेत्रका सुरक्षाकर्मीको केही महिनाअघि बसेको बैठकले संयुक्त सीमा गस्ती गर्ने निर्णय गरेको थियो। गस्तीले सीमा क्षेत्रमा हुने लुटपाट तथा आपराधिक कृयाकलापमा कमी आएको स्थानीय अमरबहादुर थापा बताउँछन्।

पटक–पटक सीमावर्ती क्षेत्रका नेपालीमाथि गरिने दुर्व्यवहार, सीमा अतिक्रमण विवाद र चोरी तथा तस्करीका घटनामा कमी आएको दुबै देशका सुरक्षा अधिकारीहरुको दावी छ। भारतीय सीमा सुरक्षा बल ९एसएसबी० कम्पनी हेडक्वाटर नारायण नगरका इन्स्पेक्टर आनन्द भण्डारी, झनकैया ९भारत०, कोतवालीका इन्चार्ज प्रतापसिंह महर, सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोर्डर आउट पोष्ट दोधारा(चाँदनी ९देवीस्थान० का सशस्त्र प्रहरी नायब निरीक्षक नवराज खड्कालगायतको संयुक्त गस्तीमा उपस्थिति रहेको प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णराज भट्टले बताए।

इन्चार्ज भट्टले दुबै देशका सुरक्षाकर्मीको गस्तीले अपराध र विवादका घटना कम हुनुको साथै सीमा क्षेत्रमा शान्तिको अनुभूति भएको बताए।

नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि दुबै देशका सुरक्षाकर्मीहरुले सञ्चालन गर्दै आएको गस्तीलाई फेरि निरन्तरता दिइएको छ। प्रत्येक महिना सयुक्त गस्ती सञ्चालन गर्दै आएका दुबै देशका सुरक्षाकर्मीहरुले सहमतिमा आवश्यक परेको बेला जुनसुकै बेला पनि सयुक्त गस्ती सञ्चालन गर्ने गरेको सुरक्षा अधिकारीको भनाइ छ।

नगर क्षेत्रको कुतियाकवर, अठार नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडुवाल टोललगायतका क्षेत्र बढी संवेदनशील रहेको हुँदा उक्त क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबी, भारतीय प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समय(समयमा सयुक्त रुपमा विशेष गस्तीसमेत सञ्चालन गर्दै आएका छन्।

सीमा अतिक्रमण, लागूऔषध ओसारपसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, सामान्य विवादलगायत अपराध नियन्त्रणमा सयुक्त सीमा गस्ती प्रभावकारी भएको स्थानीयले प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?