मकेश्वर बाबु प्रतिष्ठानद्वारा प्रा.डा. राजेन्द्र विमलको स्मृतिमा श्रद्धाञ्जली सभा

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ३१ गते ।  वरिष्ठ साहित्यकार एवं प्राज्ञ प्रा.डा. राजेन्द्र विमलको निधनको पाँचौँ दिन विकास पुरुष मकेश्वर बाबु सामाजिक प्रतिष्ठानले श्रद्धाञ्जली सभा आयोजना गरेको छ। कार्यक्रममा सहभागी साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले विमलप्रति श्रद्धाञ्जली अर्पण गर्दै मैथिली भाषा, साहित्य, शिक्षा र समाज रूपान्तरणमा उनले पुर्‍याएको योगदानको स्मरण गरे।

साहित्यकार परमेश्वर कापडीले विमलको निधनले मैथिली साहित्य र बौद्धिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए। वरिष्ठ पत्रकार श्यामसुन्दर शशीले उनको बहुआयामिक व्यक्तित्व तथा योगदानलाई संस्थागत रूपमा अभिलेखीकरण गर्नुपर्नेमा जोड दिए। प्रतिष्ठानका अध्यक्ष रितेश सिंहले विमलले देखाएको मार्ग र योगदानलाई जीवन्त राख्न आगामी दिनमा विभिन्न कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागीहरूले विमलको तस्बिरमा पुष्पगुच्छा तथा माला अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?