ढल्केबर ट्रमा सेन्टर सार्ने तयारीविरुद्ध पाँचौँ दिन पनि चक्काजाम, स्वास्थ्यमन्त्रीको राजीनामा माग
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, श्रावण २५ गते । धनुषाको ढल्केबरमा सञ्चालनमा रहेको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीविरुद्ध स्थानीयवासीको आन्दोलन चर्किँदै गएको छ। आन्दोलनको पाँचौँ दिन सोमबार ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका छन्। ट्रमा सेन्टर ढल्केबरमै कायम गर्न माग गर्दै स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू आन्दोलनमा सहभागी भएका छन्। उनीहरूले ट्रमा सेन्टर सार्ने तयारी तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।
यसअघि आन्दोलनको चौथो दिन आइतबार साँझ ढल्केबर बजारमा मसाल जुलुस निकालिएको थियो। संघर्ष समितिले ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दोलनका थप कार्यक्रमसमेत घोषणा गरेको छ। आन्दोलनकारीहरूले ढल्केबरमै ट्रमा सेन्टर कायम गर्नुपर्ने माग राख्दै स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामासमेत माग गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments