वडा अध्यक्ष दिनेशप्रसाद साहको निधनमा जनकपुरधाम उपमहानगरका कार्यालय बन्द
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, श्रावण २५ गते । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेशप्रसाद साहको सोमबार बिहान ८ बजे असामयिक निधन भएको छ। साहको निधनप्रति जनकपुरधाम उपमहानगरपालिकाले दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार वडा अध्यक्ष साहको निधनमा सोमबार जनकपुरधाम उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयका नियमित सेवाहरू बन्द रहनेछन्। यद्यपि स्वास्थ्य, दमकल र सरसफाइजस्ता अत्यावश्यक सेवाहरू भने सञ्चालनमा रहने जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments