सुनसरीको कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, उपचारका क्रममा रवीन्द्र मेहताको मृत्यु

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १९ गते ।  सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनामा घाइते भएका अर्का एक युवाको पनि मृत्यु भएको छ। उपचारका क्रममा २२ वर्षीय रवीन्द्र मेहताको मृत्यु भएपछि घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार मेहताको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो। हिन्दु र मुस्लिम दुई पक्षबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर यसअघि सोही स्थानका ओमप्रकाश मेहताजयप्रकाश मेहताको मृत्यु भएको थियो।

यसै घटनासँग सम्बन्धित प्रदर्शनका क्रममा सिरहामा पनि एक युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। घटनापछि विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् भने घटनाको निष्पक्ष छानबिनको माग उठिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?