प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन ४ गते ।संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

सरकारले अघि बढाउन खोजेको एमसीसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।माओवादी केन्द्रले संसदबाट जबरजस्ती अघि बढाउन खोजेको गठबन्धन तोडिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?