एमसीसी यथास्थितिमा अगाडि बढाए सरकार छाड्ने माओवादीको निर्णय

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन ४ गते । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने चेतावनी समेत दिएको छ ।सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ ।

त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको छ ।

माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसीमा रहेका असमान प्रावधानहरु संशोधन नगरी पास गर्न नसकिने जानकारी दिए ।

‘एमसीसीमा रहेका असमान सर्तहरु, असमान प्रावधानहरु संशोधन नगरी यथास्थितिमा यसलाई अगाडि बढाउन सकिदैन,’ बैठकपछि उनले भने, ‘यसलाई पास गर्न सकिदैन। जबर्जस्ती पेस गरियो भने समर्थन गर्न सकिँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?