नेपाल–भारत सीमापार डिजिटल भुक्तानी र कानुनी सहकार्यमा नयाँ प्रगति
10 घन्टा पहिले प्रकाशित
एजेन्सी, जेठ २४ गते । नेपाल र भारतबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउने उद्देश्यले डिजिटल भुक्तानी प्रणाली एकीकृत गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। भारतको National Payments Corporation of India र नेपालको नेपाल क्लियरिङ हाउस (NCHL) बीचको आबद्धतामार्फत भारतको यूपीआई (UPI) र नेपालको डिजिटल भुक्तानी प्रणालीलाई जोड्ने कार्य अघि बढाइएको हो। यसले दुवै देशबीच रेमिट्यान्स, व्यक्तिगत कारोबार र सीमापार डिजिटल भुक्तानीलाई अझ सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
यसै क्रममा नेपाल र भारतबीच विभिन्न विकास तथा सहकार्य परियोजनाहरूको आदान–प्रदान पनि अघि बढाइएको छ। हालैको द्विपक्षीय छलफलपछि सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा परियोजना भर्चुअल रूपमा हस्तान्तरण गरिएको छ। साथै डिजिटल पूर्वाधार सहकार्यअन्तर्गत भाषा अनुवाद प्लेटफर्म विकासका लागि नेपाल र भारतबीच समझदारीपत्र आदान–प्रदान भएको छ। यस्तै, सीमापार अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन दुवै देशबीच पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनका लागि आन्तरिक प्रक्रिया पूरा भइसकेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments