कांग्रेसका नेता डा. रामशरण महतले एमसीसीविरुद्धका भ्रम चिर्न आफ्ना सांसदहरुलाई आग्रह

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन ३ गते ।नेपाली कांग्रेसका नेता डा। रामशरण महतले एमसीसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

आज बसेको संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङ गर्दै कांग्रेस नेता महतले एमसीसी इन्डो प्यासेफिक अन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताए ।

यसबारे कुनै पनि दलले अन्यथा लिन नहुने बताउँदै पूर्वअर्थमन्त्री महतले भने, ‘तर अहिले जनमानसमा एमसीसीबारे अनेक भ्रम परेको छ । ती भ्रमहरू चिर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?