बार एसोसिएसनले आजदेखि फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन १ गते। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबारदेखि फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा अनि न्यायपालिका सुधारको माग राखी बारले भौतिक उपस्थितिमै प्रदर्शन गर्ने निर्णय गरेको हो ।कोरोना संक्रमणको जोखिम बढेपछि बारले पुसको अन्तिम सातादेखि २५ जनाको उपस्थितिमा मात्रै सांकेतिक प्रदर्शन गर्दै आएको थियो ।
कोरोना संक्रमणको कारण सर्वोच्च अदालतले सेवा कटौती गरेपछि बारले पनि भौतिक उपस्थितिको साटो हरेक दिन ११ बजेदेखि १२ बजेसम्म भर्चुअल रुपमा विरोध प्रदर्शन गरिरहेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments