मुस्लिम समुदायको आक्रमणबाट मृत्यु भएका बाराका राधेश्यम लाई धार्मिक सहिद घोषना गर्न माग गर्दै मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र

4 वर्ष पहिले प्रकाशित

 २०७८ माघ २० गते ।

मुस्लिम समुदायको आक्रमणबाट मृत्यु भएक बारा कलैया १९ का ईनरवारीका राधेश्याम पटेलको परिवारलाई यथाशिघ्र क्षतिपुर्ती र धार्मिक शहिदर घोषणा गर्न माँग गर्दै विश्व हिन्दु परिषद नेपालले मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

गत कार्तिक २५ गते छठपुजामा मुस्लिम समुदायका केहि व्यक्तिले हस्तक्षेप गरी कुटपिट गरेका थिए । कुटपिटमा परि गम्भिर घाईते भएका पटेललाई तत्काल उद्दार गरी वीरगन्जको पानीटंकी स्थित रहेको एल।एस। न्यूरो एण्ड जेनरल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।
उपचारको क्रममा उनको पुस २१ गते मृत्यु भएको थियो । पटेलका मृत्युको खबर पाउँना साथ आक्रोशित स्थानियले वीरगन्ज कलैया सडक खण्ड बन्द गरी आन्दोलनमा उत्रेका थिए ।

स्थानिय प्रशासनले धार्मिक हिंसा हुन नदिनको लागि पिडित परिवार संग वार्ता गर्दै मृतक परिवारलाई १० लाख क्षतिपुर्ती, उपचारमा लागेको खर्च ११ लाख २४ हजार ५ सय र मृतक पटेललाई धार्मिक शहिद घोषणा गर्ने सहमती गरेका थिए ।

सहमती गरेको एक महिना हुन लाग्दा पनि हालसम्म माँग प्रति न त प्रदेश सरकार, न त संघ सरकारले पिडित परिवारलाई क्षतिपुर्ती उपलब्ध नगराएको भन्दै विश्व हिन्दु परिषद नेपालले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र माँग पुरा गराउँन माँग गरेको महासचिव जितेन्द्र कुमार सिंहले बताए ।


पिडित परिवारलाई क्षतिपुर्ती र दोषि उपर कडा भन्दा कडा कार्वाही नगरिएक त्यसको परिणाम नराम्रो हुने चेतावनी समेत विश्व हिन्दु परिष नेपालले दिएको छ । ज्ञापन पत्र बुझदै मुख्यमन्त्री गद्दीले तत्कालै पिडित परिवारलाई क्षतिपर्ती उपलब्ध गराउँन र धार्मिक शहिद घोषणा गराउँन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंहको नेतृत्वमा गएको पिडित परिवार र हिन्दुवादी नेताहरुले मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई भेटेर नै ज्ञापन पत्र बुझाउँदै पिडित परिवारलाई उचित क्षतिपुर्ति, उपचारमा लागेको खर्च र पटेललाई धार्मिक शहिद घोषणा माँग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँन विश्वहिन्दु परिषद नेपालको जनकपुर सम्भाग संगठन मन्त्री धनुषधारी पाण्डे, विहिप धनुषाका अध्यक्ष सन्तोष साह, उपाध्यक्ष अमन गुप्ता, युवा विभाग प्रमुख मोहन कुमार साह र प्राज्ञिक विद्यार्थी परिषद जनकपुर सम्भाग संगठन मन्त्री विष्णु पङगेरी लगायतको टोली गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?