सुनको मूल्य एकैदिन १८ हजार ८ सयले घट्यो, तोलाको ३ लाखमा कारोबार

19 दिन पहिले प्रकाशित

काठमाडौं, माघ १८ गते । सुनको मूल्य आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हप्ताको पहिलो दिन आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीवार सुनको मूल्य हालसम्मकै उच्च तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो भने शुक्रवार घटेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँमा झरेको थियो । आज फेरि त्यसमा ठूलो गिरावट आएको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार चाँदीको मूल्य तोलाको ७ हजार ६५ रुपैयाँ थियो । यसअघि बिहीवार चाँदीको मूल्य अहिलेसम्मकै उच्च तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?