संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता डा. दुमन सिंह थापाको निधन

4 वर्ष पहिले प्रकाशित

२०७८ माघ १७ गते ।संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता डा. दुमन सिंह थापाकाे निधन भएकाे छ।

डा.थापाकाे ६२ वर्षको उमेरमा ह्याम्स अस्पताल काठमाण्डौमा हिजाे बेलुका निधन भएको हो ।

थापाले केही समयअघि दुई वटै मिर्गौला प्रत्यारोपण गराउनु भएकाे थियाे ।

उहाँ नेकपा एमालेबाट अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । नेकपा एमाले विभाजनपछि थापा नेकपा एकीकृत समाजवादीमा हुनुहुन्थ्याे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?