काव्या अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु

4 वर्ष पहिले प्रकाशित

२०७८ माघ १६ गते ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा न्यूरो सर्जरी सेवाको विस्तार भएको छ । जनकपुरधामको काव्या अस्पतालले समेत न्यूरो सर्जरीको सेवा दिने भएको छ ।

शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका सञ्चालक डा। एस।के। सिंहले न्यूरो सर्जरीका लागि आवश्यक प्रविधिहरु पुरा भईसकेकोले औपचारिक रुपमा सेवा सुरु गरिएको जानकारी दिए । उनले वीरगंज पश्चात जनकपुरधाममा न्यूरो सर्जरी गर्ने काव्या दोस्रो अस्पताल रहेको दावी समेत गरे ।

अस्पतालले न्यूरो सर्जरी सेवा सञ्चालनका लागि न्यूरो सर्जन डा। हेमन्त कुमार साहको नेतृत्वमा टिम बनाएको छ । यस विभागमा डा। साहको मातहतमा अन्य सर्जन डाक्टरहरु समेत रहने सिंहले जानकारी दिए ।
अस्पताल छिट्टै अन्य नयाँ सेवाहरु समेत सञ्चालनको तयारीमा रहेको उनले बताए । उनले प्रत्येक दिन न्यूरो सर्जरीको ओपिडी सेवा सञ्चालन हुने बताए ।

डा सिंहले यसक्षेत्रका जनताका लागि काव्या अस्पताल सुरुदेखि नै नयाँ सेवाहरु सञ्चालन गर्दै आएको बताउँदै अस्पताल न्यूरो सर्जरी सेवा सञ्चालन गर्ने मधेस प्रदेशकै दोस्रो अस्पताल रहेको बताए ।

सिंहले जनकपुरधाम क्षेत्रका लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको बताए । उनले काव्या अस्पताल महगो रहेको कुरालाई अस्विकार गर्दै गरीव, विपन्नहरुलाई आफ्नो अस्पतालले निरन्तर छुट गर्दै आईरहेको दावी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?