आजदेखि सार्वजनिक स्थान जाँदा खोप कार्ड अनिवार्य
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ ७ गते । आजदेखि सार्वजनिक स्थान जाँदा कोरोना विरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ ।
यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्नेछ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुनेछ ।सबै निकायहरुले खोप कार्ड हेरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
view comments