सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

२०७८ माघ ६ गते । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ ।

गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।बुधबार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल मलगंवा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरले बताए ।

अहिले मधेश प्रदेशका जिल्लामा अत्यधिक चिसो बढेको छ । पछिल्लो एक सातायताको शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बनेको छ । जाडो छल्न सर्वसाधारणले आगो बालेर ताप्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?