मकवानपुरमा चार किलो लागूऔषध गाँजासहित एक जना पक्राउ

4 वर्ष पहिले प्रकाशित

२०७८ माघ ५ गते। प्रहरीले चार किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मनहरी गाउँपालिका (९ का ४९ वर्षीय रामबहादुर घलान रहेका छन् ।प्रहरीले उनको घुम्ती पसलबाट ४ किलो गाँजा बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्लाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?