प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम

4 वर्ष पहिले प्रकाशित

२०७८ माघ ३ गते 

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ ।

प्रदेश सभामा सोमबार भएको जनकपुरधाम राजधानी हुनु पर्ने सबै दलको संयुक्त प्रस्ताव दुई तिहाई बढी मतले पास भएको हो ।

प्रदेश सभामा रहेको १०४ सांसद मध्ये ९९ मत खसेको थियो । जसमा ७८ मत जनकपुरधाम राजधानी हुनु पर्ने प्रस्तावमा खसेको छ ।

जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावमा उत्तरमा धनुषा ढल्केवरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र रहेको छ ।

सभामुख सरोज यादवले जनकपुरधाम राजधानी भएको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?