संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण

4 वर्ष पहिले प्रकाशित

 

३ माघ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
आज बिहान गरिएको परीक्षणमा मन्त्री आलेलाई  कोरोना पोजेटिभ देखिएको उहाँको सचिवालयले जनाएको हो। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेशनमा बस्नुभएको प्रेस संयोजक विमल विष्टले जानकारी दिनुभयो। मन्त्री आलेको सचिवालयले केही दिनयता मन्त्री तथा स्वकीय सचिवसँग सम्पर्कमा आएका सबै नागरिकलाई सतर्कता अपनाउन र कोरोना जाँच गर्न आग्रह गरेको छ।आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?