जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल सेवा उद्घाटन मिति प्रधानमन्त्री देउवा भारत भ्रमणको क्रममा तय हुने

4 वर्ष पहिले प्रकाशित

काठमाडौं, पुस २१ गते ।

नेपाल सरकारले खरिद गरेर राखेको रेल्वे सञ्चालनमा आउने भएको छ । २०७७ साल असोज १ गते खरिद गरेर नेपाल ल्याइएको रेल्वे अब चाँडै सञ्चालनमा आउने भएको छ । अहिले सो रेल त्रिपाल ओढाएर राखिएको छ ।
जनकपुरधाम–जयनगर रूटमा चलाउन भारतसँग खरिद् गरेको नेपाली ध्वजावाहक रेल पछिल्लो डेढ वर्षदेखि घुम्टो ओढाएर राखिएको छ।
भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको हो।
मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउँदै प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्रीबीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिइन्।
प्रधानमन्त्री देउवाले यही पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भएको छ। यद्यपी, प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति र कार्यक्रम भने सार्वजनिक भइसेकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?