२० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
4 वर्ष पहिले प्रकाशित
२०७८ २० पुष गते। २० वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा एक जना प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा मोरङ विराटचोक घर भई काठमाडौँ बुढानीलकण्ठ ५ विष्णुमती बस्ने २८ वर्षीय विनोद भण्डारी रहेका छन् ।
भण्डारीलाई सोमबार साँझ प’क्राउ गरिएको प्रहरीले जनाएको छ।बुढानीलकण्ठ नगरपालिका(२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागू औषध सेवन गराई बिहीबार साँझ उनलाई पटक(पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरेको हो ।प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments