कञ्चनपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु, ४ जना घाइते

4 वर्ष पहिले प्रकाशित

२०७८ पुष १६ गते। कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा दुईओटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल गएराति साढे १० बजे आपसमा ठोक्किएका थिए ।

गम्भीर घाइते भएका ३७२६ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका २ का १९ वर्षीय बिमल रानाको उपचारको क्रममा इसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?