वर्षा र हिमपातका कारण देशभर चिसो बढ्यो

4 वर्ष पहिले प्रकाशित

 २०७८ पुष १४ गते 

आज बुधवार देशभर मौसम बदली भइ धेरैजसो ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा हिजो मङ्गलवार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाण्डौ उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न ठाउँमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँ–ठाउँमा सडक बन्दसमेत भएको हुँदा स्थानीयवासी तथा यात्रु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाण्डौको तापक्रम न्यूनतम ३ दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?