सर्लाहीको छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा २ जनाको मृत्यु र एक जना घाइते
4 वर्ष पहिले प्रकाशित
११ पुस, जनकपुरधाम ।
सर्लाहीको छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ईश्वरपुर नगरपालिका १२ बाँके जंगलस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको चार चक्के सवारी साधनले विपरीत दिशातर्फ आउँदै गरेको ना३४प ७०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु र अर्को एक जना घाइते भएका छन् ।
शनिबार राति १० बजेतिर भएको उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार लालबन्दी नगरपालिका ३ बस्ने भीम गुरुङ्को मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पठाए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका ३ बस्ने ४२ वर्षीय जितन चौधरी घाइते भएका छन् । उनको लालबन्दीमा उपचार भइरहेको छ ।यस्तै, हरिपुर नगरपालिका ६ लक्ष्मीपुरस्थित नवलपुर(मलंगवा सडकखण्डमा साइकलले ठक्कर दिँदा ए कजना महिलाको मृत्यु भभएको छ ।
मृत्यु हुनेमा स्थानीय अहमदजा मियाँकी ५५ वर्षीया पत्नी सैफुल खातुन छन् । बाटो क्रस गर्ने क्रममा साइकलको ठक्करबाट घाइते भएकी उनको प्रादेशिक अस्पाताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।उनका अनुसार ठक्कर दिने साइकल चालकलाई नियन्त्रणमा लिइएको छ ।
कमेन्ट गर्नुहोस्
view comments