जनकपुरधाम, असार १२ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवन नगर प्रहरी चौकीअगाडिको सडकबाट प्रहरीले दुई जना युवकलाई ठूलो परिमाणको लागू औषधसहित पक्राउ गरेको छ। बिहीबार दिउँसो करिब १ बजे त्रिभुवन नगर बजारबाट भेल्हीतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ ह। २२२१ नम्बरको यात्रुबाहक ट्याम्पोलाई विशेष चेकजाँचका क्रममा रोकेर प्रहरीले छानबिन गर्दा दुई जना यात्रुको साथबाट लागू औषध बरामद भएको हो। पक्राउ परेका व्यक्तिहरू चितवन भरतपुर–२४ का १९ वर्षीय अनीश विक र धनबहादुर परियारका छोरा, सोही उमेरका सन्देश परियार रहेका छन्।
प्रहरीका अनुसार अनीश र सन्देश दुबैले Nitrazepam-10 लेखिएको ५ पत्ता (५० ट्याब्लेट) साथमा बोकेको थिए। थप अनुसन्धान गर्दा उनीहरूले लुकाएर ल्याएको रातो झोलाभित्र ११० पत्ता (११०० ट्याब्लेट) थप फेला पारिएको प्रहरीले जनाएको छ। लागू औषध नियन्त्रणसम्बन्धी मुद्दामा दुवैजनालाई सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान अगाडि बढाइएको सर्लाही प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सरोज कुमार राईले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments