नेपाली कांग्रेस मधेस प्रदेशद्वारा वीरगञ्जमा प्रशिक्षण कार्यक्रम, १५० जनाको सहभागिता हुने

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, असार ११ गते । नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिले असार १३ र १४ गते वीरगञ्जमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना हुने कार्यक्रममा प्रदेशका प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रहरूबाट समावेशी सहभागिता सुनिश्चित गरिने भएको छ। प्रतिनिधिसभा क्षेत्रबाट कम्तीमा एक महिलासहित चार जना र प्रदेशसभा क्षेत्र १ र २ बाट कम्तीमा एक/एक जनाको सहभागिता गराउने निर्णय गरिएको छ।

कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार कार्यक्रममा करिब १५० जनाको सहभागिता रहनेछ। प्रदेश सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशस्तरीय विभिन्न तहमा प्रशिक्षक बन्न सक्ने व्यक्तिहरूलाई पनि कार्यक्रममा सहभागी गराउने निर्णय गरेको छ। साथै, पार्टी केन्द्रले जारी गरेको सर्कुलरअनुसार भातृ संगठनका जिल्ला प्रमुखहरूलाई अनिवार्य रूपमा उपस्थित गराउने निर्णय कार्यान्वयनमा ल्याइने गुप्ताले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?